काठमाडौं, चैत २९ – काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य ४१० पुगेको छ । यो अहिलेसम्मकै बढी मूल्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको थियो ।
मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।अझै खुद्रा मूल्य ४ सय ३० सम्म पुग्ने सक्ने व्यवसायीहरुको भनाई छ । जिउँदो कुखुराको मूल्य २९० पुगेको छ । यसअघि २७० रुपैयाँमा कारोबार हुँदै आएको थियो ।
FACEBOOK COMMENTS