काठमाडौं, साउन ३० -ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको भेटिएको छ। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो।
आयात गरिएको खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको अधिकारीहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम रहेको बताएको छ।
शेन्जेनका स्वास्थ्य अधिकारीले कुखुराको मासु आयातमा संलग्नको स्वास्थ्य परीक्षण गरिएको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।
भण्डारणलाई डिस्इन्फेक्सन गरिएको तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।