काठमाडौं, कात्तिक २० – पछिल्लो समय कुखुराको मासुको मूल्य बढ्दै गएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको हो। दशैंअघि प्रतिकिलो १ सय ९० देखि २ सयसम्म रहेको कुखुराको मासुको मूल्य अहिले २ सय ७० रूपैयाँ पुगेको छ।
‘अब जाडो मौसम सुरू हुन थाल्यो। जाडोमा चल्ला बचाउन सकिँदैन। चल्लाको उत्पादन कम भएपछि कुखुराको अभाव हुन्छ। त्यसपछि मूल्य बढ्न थाल्छ,’ उनले भने। उनकाअनुसार दशैंको छैटौं दिन कुखुराको मूल्य २ सय ५५ थियो। त्यसपछि बढ्दै गएर २ सय ७० सम्म पुगेको छ।
‘‘घटस्थापनापछि किलोमा १०/१५ रूपैयाँ बढ्दै थियो। षष्ठीको दिन २ सय ५५ पुग्यो। त्यसपछि पुन घटबढ हुँदै अहिले फेरी बढेको छ,’उनले भने, ‘होटल पनि खुल्न थालेसँगै माग बढेको छ। अझै मूल्य बढ्न सक्छ।’ मूल्य बढेपनि सन्तोषजनकरूपमा नबढेको कुखरा पालक किसान राजन अधिकारीले बताए।