काठमाडौं, माघ १२ – सिटिजन्स बैंक इन्टरनेसनल र कुमारीपाटीस्थित वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट विशेष छुटसम्वन्धि सम्झौता भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई रेस्टुरेन्टको सेवा शुल्कमा विशेष छुट मिल्नेछ ।
उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वान डे थ्रिडी आट रेस्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ ।
FACEBOOK COMMENTS