काठमाडौं, वैशाख ५ – कुमारी इक्विटी फण्डको इकाई आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यस फण्डले गत फागुन १४ गतेदेखि २५ गतेसम्म विक्री गरेको १० करोड इकाई सूचीकृत गराएको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस फण्ड प्रतिइकाई अंकित मूल्य रू. १० दरको ८ करोड इकाई सार्वजनिक निष्काशन गरेको थियो । विक्री खुला गरेको अवधिमा मागभन्दा अधिक आवेदन परेकाले फण्डले २५ प्रतिशत इकाई थप गरी १० करोड इकाई बाँडफाँट गरेको हो ।
कुल इकाईमध्य १५ प्रतिशत बराबरको १ करोड ५० लाख इकाई बिजपूँजी वापत कोष प्रवद्र्धक कम्पनी कुमारी बैंकलाई बाँडफाँट गरि र बाँकी ८ करोड ५० लाख इकाई आम सर्वसाधारणमा बाँडफाँट गरिएको हो । १० वर्षे वधिको यो योजना बन्द मुखी योजना हो । सोमवारदेखि कारोबार योग्य हुने यो इकाई सम्बन्धित इकाईधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS