काठमाडौं, फागुन २३ – डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले “डिजिटल च्यालेन्ज” योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत् कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्नेछन् । यसका साथै ५ जना भाग्यशाली विजेताले साम्सङ ट्याब ए ८.० प्राप्त गर्नेछन् । “कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्रि” योजनाअन्तर्गत् ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् ।
जसअन्तर्गत् ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरूमध्ये एकले आइफोन १२ प्राप्त गर्नेछन् ।
यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरूमध्ये ५ भाग्यशाली विजेताले साम्सङ् ट्याब ए ८.० प्राप्त गर्नेछन् ।
यस योजनाअन्तर्गत् ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् साम्सङ् ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।
कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंक लिमिटेडमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ । बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिखदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिखसम्मका लागि मात्र लागू गरिएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS