काठमाडौं,फागुन २२ – कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गदैं आएको छ । यसै अन्र्तगत बैंकले विभिन्न ग्राहकहरुले बीमा दाबी भुक्तानी गर्ने क्रम सुरु गरेको छ ।
बैंकले आजको मितिसम्म, ६१ बीमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले रु १,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् । यीमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको भनाई बैंकको छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS