काठमाडौं, – नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे विभिन्न डनहरुको आडमा आफ्नो धन्दा सञ्चालन गर्दै आएको थियो । कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव बिस्तार गरेपछि यी दुबै समुहबाट छुट्टीएर उसले आफ्नै समूह चलाउन थालेको थियो । उसले सामाखुसी क्षेत्रमा पकड जमाउदै गयो । त्यस समयमा सामाखुसी-बालाजु क्षेत्रमा दुईजना डन चरी उर्फ दिनेश अधिकारी र कुमार घैटे को विगविगि थियो ।
चरीको ईन्काउन्टर पछि घैटेले आफू माथि पनि इंकाउण्टर हुन सक्ने अडकल काटेरै हुन सक्छ नाटकिय ढंगले सहज अवतरणको उपाय स्वरुप योजना बुनेको देखिन्छ । यसै योजना मुताबिक उसले समुह बनाएर विभिन्न क्षेत्रमा लगानी गर्दै ब्यापार विस्तार गरिरहेको थियो । यसैक्रममा पहिला चरीसंग मिलेर ठेक्का पट्टा गर्ने प्रकाश कुमार श्रेष्ठ चरीको ईन्काउनटर पछि कुमार घैटेसंग नजिकिएर ठेक्का पट्टा चलाउन थाल्यो ।
जानकारहरुका अनुसार कुमार घैटे र पूर्व आईजिपि सर्वेन्द्रनाथ खनाल बीच बर्सौ पुरानो दुश्मनी थियो । सर्वेन्द्र खनालको स्वभाव नै डन उपर जाइलागि हाल्ने खालको थियो । डिएसपि छदा नै उनले ज्यानको प्रवाह नगरीकनै डन उपर एक्लै जाई लाग्न जान्थे ।
प्रकाश कुमार श्रेष्ठ यस्तै चिजहरुको जानकार र कुमार घैटे पट्टीको ठेकेदार समेत भएकाले पुलिसको स्यावासी र कुमार घैटेको ईन्काउन्टर पछि करोडौं कुम्ल्याउन पाउने दाउका साथ घैटे ईन्काउन्टरमा सर्बेन्द्रलाई प्रकाश कुमार श्रैष्ठले सुराकीको काम गर्दै नै साथ दिएको जानकारहरु बताउछन् ।
उसको कालो कर्तुतको पुस्टी पनि उसले थुपारेको अस्वभाविक सम्पतीले देखाउछ । रातारात विजिमलमा करोडौ खर्चेर श्रीमतीका लागि ब्युटी पार्लर ब्यवसाय, काठमाण्डौंकै महंगो मध्येमा पर्ने सामाखुसीमा आलिसान घर, श्रीमती र आफुलाई लाखौ पर्ने गाडी जोडन उ कसरी सफल भयो भन्ने सहज अनुमान लगाउन सकिन्छ । उसको जीवन शैली केहि वर्ष अघिसम्म सामान्य हिसाबको थियो । ६-७ बर्ष अघिसम्म पनि उ दुईवटा कोठामा बास बस्ने र मामुली डान्सवारमा एकाउटेन्टको जागिर गर्ने गर्थ्यो ।
तर एक्कासी सामान्य आर्थिक हैसियत भएको मान्छे रातारात करोडपति बन्यो । अर्थात, अकुत आर्जन गर्यो । अहिले उसको सम्पत्ति कहाँबाट आयो भन्ने बिषयमा उसको रवाफ देखेका आफन्तजन नै तीन छक बनेका छन् ।
FACEBOOK COMMENTS