काठमाडौं, असोज २ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै सिराहाको गोलबजारमा स्थानीयले जुलुस निकालेका छन् ।
करिब २ सय जना सहभागि भएको उक्त प्रदर्शनमा ‘कुलमान आउ उज्यालो ल्याउ’ भन्ने, नारासहित प्रदर्शनमा सहभागि भएका उमेश बरालले जानकारी दिए ।
जुलुस नगरपरिक्रमा गरि कोणसभामा परिणत भएको थियो । जुलुस सभामा स्थानीय नेता तथा युवाहरुले आफ्नो धारणा राखेका थिए ।
घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिएको थियो । घिसिङको पदावधि सकिएपछि सरकारले मंगलबार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ ।
मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका नायब कार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।
FACEBOOK COMMENTS