काठमाडौं – लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन्।
ती आयोजनाले केही दिनभित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ।
निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो।
कुलेखानी तेस्रोको ४।२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिसकिएको छ।

यस्तै माथिल्लो त्रिशूली थ्री एको पाँच किलोमिटर लामो मुख्य सुरुङमा आजदेखि बुधबारबाट पानी पठाएर परीक्षण सुरु गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

– नागरीक