काठमाण्डौँ — कुलेखानी ३ विद्युत् आयोजनाको निर्माण कम्पनीका मजदुरहरूले काम रोकेका छन् ।
तीन महिनादेखिको मासिक तलब नदिएकाले उनीहरूले काम गरेका छैनन् ।
इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङले हुलासलाई काम गर्ने जिम्मा दिएको छ ।
हुलास कम्पनीले काम गराइरहेका ६० कामदारलाई तलब उपलब्ध नगराएकाले आयोजनाको काम रोकिएको आयोजनाका एक अधिकृतले बताए ।
हुलास कम्पनीका मेनेजर शरद गोल्छाले चिनियाँ कम्पनीले रकम उपलब्ध नगराएकाले मजदुरलाई तलब दिन नसकेको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS