काठमाडौं, ११ मंसिर – रामकृष्ण श्रेष्ठ कपडा तथा टेलरिङ् व्यवसायमा आवद्ध छन् । उनीको यो पुर्खौली पेशा हो । श्रेष्ठ पंचकुमारी ट्रेडिङ प्रा लि न्युरोड, जय श्री गणपति ट्रेड एण्ड विजनेश लिंक, बाँके र मैतिदेवी स्थित शुट प्यालेसका संचालक हुन ।
श्रेष्ठ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका संस्थापक अध्यक्ष समेत हुन । कपडा तथा सिलाई व्यवसायी संघमा जिल्ला तहबाट माथि उठेका उनी भक्तपुर जिल्लाको सहसचिव, काठमाडौं जिल्ला सदस्य हुँदै संघको महासचिव र अध्यक्ष बनेका थिए । श्रेष्ठकै नेतृत्व कालमा संघ महासंघमा परिणत भएको थियो । जसको श्रेय उनको पोल्टामा जान्छ । महासंघ हाल ६८ जिल्लामा बिस्तार भैसकेको छ । यसरी राष्ट्रव्यापी संजाल निर्माणमा श्रेष्ठले खेलेको भूमिका अतुलनिय छ । त्यसो त नेपालमा कपडा तथा सिलाई व्यवसायीहरुको नेतृत्व गर्दै आएका श्रेष्ठले कपडा र सिलाईको क्षेत्रलाई व्यवस्थित तुल्याउन खेल्दै आएको भूमिका सर्हानायोग्य छ ।
श्रेष्ठले हाल नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत संघ तर्फ कार्यकारीणी सदस्यमा उम्मेदवारी दिएका छन् । हाल महासंघ कठिन मोडमा रहेको उनको बुझाई छ । समावेशी र सर्वपक्षिय रुपमा साना, मझौला र ठुला सबै व्यवसायीहरुको उपस्थिती हुने हिसाबले महासंघको नेतृत्व चयन हुनुपर्छ भन्ने उनको मान्यता रहेको छ । उदाहरणिय काम गर्न सक्ने, महासंघलाई सशक्त तुल्याउन प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने नेतृत्व चुन्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । संगठनको सुदृढिकरणमा श्रेष्ठले प्रभावकारी भूमिका खेल्न सक्ने आँकलन गर्न सकिन्छ ।
FACEBOOK COMMENTS