काठमाडौं, कार्तिक १४ – कृति क्यापिटल एण्ड ईन्भेष्टमेण्ट कम्पनीको साधारण सभा मंसिर ४ गतेका लागि बोलाइएको छ । कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समितीको बैठकले सभा दिनको ३ बजे जेडिए बिल्डिङ सुन्धारामा गर्ने निर्णय गरेको ।
सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितीको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारीत गर्ने रहेको छ । साथै यी दुई क्यापिटल एक आपसमा गाभिने सम्बन्धी भएको अन्तिम सहमति पत्र पारीत गर्ने रहेको छ । विश्वब्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण कम्पनीले साधारण सभा भर्चुअल माध्मबाट गर्ने जानकारी गराएको छ ।
FACEBOOK COMMENTS