Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 8 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 9 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 10 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 11 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
काठमाडौं,फाल्गुन १७- कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ ।
ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो ।
कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पुर्याउन पावर टिलर हस्तान्तरण गरेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि यान्त्रीकरण वितरण कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्रले भजनी नगरपालिकाको रजवार गहुँ ब्लक समिति र जोशीपुर गाउँपालिकाको मनिकापुर कृषक समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो ।
कृषि ज्ञान केन्द्रले रजवार गहुँ ब्लक समितिलाई छ थान पावर टिलर हस्तान्तरण गर्यो । ‘कृषि कार्यमा लागत घटाई उत्पादनमा वृद्धि गर्न गहुँ ब्लक समितिलाई पावर टिलर हस्तान्तरण गरेका हौँ’, कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, ‘यो बहुउपयोगी प्रविधि भएकाले किसानका लागि सहज हुन्छ । व्यावसायिकरुपमा खेती गर्ने कृषक र समूहका लागि समय व्यवस्थापनमा यसले सघाउ पुर्याउँछ ।’
रजवारा ब्लक समूहले यस वर्ष १०० हेक्टरमा गहुँ खेती गरेको छ । कृषि ज्ञान केन्द्रको तीन वर्षे ब्लक प्रदर्शन कार्यक्रम अन्तरगत दोस्रो वर्ष १० रुपैयाँ लाख बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको कृषि प्रसार अधिकृत चौधरीले बताए ।
‘गहुँ ब्लक समूहलाई ५० प्रतिशत अनुदान सहयोगमा पावर टिलर वितरण गरिरहेका छौँ’, कृषि प्रसार अधिकृत चौधरी भन्छन्, ‘कृषक समूहको समेत लगानी भएमा अपनत्व हुन्छ । उनीहरुले सामग्रीको स्याहार गर्छन् भन्ने उद्देश्य हो ।’
यस्तै प्रदेशको मुख्यमन्त्री कृषि कार्यक्रम अन्तरगत कैलालीका अन्य ठाउँमा समेत कृषियन्त्र उपकरण वितरण जारी रहेको उनको भनाइ छ ।
उनले किसान परियोजना २ को संयुक्त आर्थिक तथा प्राविधिक र लगानीमा जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई दुई वटा पावर टिलर हस्तान्तरण गरिएको बताए ।
कृषि उत्पादन बढाउन सहयोग पुर्याउन बर्सेनि स्थानीय र प्रदेश सरकारका विभिन्न निकायले कृषियन्त्र वितरण गरिरहेका छन् ।
कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनपछि कैलालीका किसानले कृषियन्त्र, प्राविधिक ज्ञान र विभिन्न कृषि बालीमा अनुदान सहयोग पाउने गरेका छन् ।
जसले किसानलाई फाइदा भइरहेको किसान सन्दिप चौधरी बताउँछन् । ‘सिँचाइ आयोजना सञ्चालनपछि युवासमेत कृषिमा लागेका छन् ।
अनुदान, प्रविधिजस्ता सहयोग, सिँचाइको सुविधा भएपछि पढेलेखेका युवाले नयाँ प्रविधिको प्रयोगमा खेती थालेका छन् ।’
FACEBOOK COMMENTS