काठमाडौं, कात्तिक ३ – एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरुलाई कृषि ऋण प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।
सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बीच हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS