काठमाडौं — कृृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षका कार्यक्रम लागू गर्न भदौभित्रै सबै कार्यविधि निर्माण तथा परिमार्जन गर्ने भएको छ ।
संघीय मन्त्रालयअन्तर्गतका साना ठूला सबै परियोजना कार्यविधिअनुसार लागू गरिने व्यवस्था छ ।
विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्यमामात्र कार्यविधि ल्याउने र कागजमा कार्यक्रम कार्यान्वयन भएको प्रवृत्ति देखिँदै आएको थियो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कार्यविधि नै लक्षित वर्गसम्म नपुग्नेगरी बनाइएको पाइएपछि मन्त्रालय र मातहतका निकायलाई कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मातहतका निकायलाई २४ बुँदे निर्देशन दिएका छन् ।
निर्देशनमा भदौभित्र सबै परियोजनाका कार्यविधि बनाउने, संघबाट संचालन भइरहेका सबै कार्यक्रमको १५/१५ दिनमा प्रगति प्रतिवेदन तयार गर्नुपर्ने, रासायनिक मल वितरणका लागि नयाँ मोडालिटी तयार गर्ने लगाएत छन् ।
— कारोबार
FACEBOOK COMMENTS