दिपक पराजुली/हेटौंडा, ५ बैशाख-प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एबम् बागमती प्रदेशको मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले भौतिक दुरी कायम गरी कृषि उत्पादनका लागि चाहिने मल, बिउ बिजन उपलब्ध गराउने भएको छ। यसैगरी बिदेशबाट आएका एबम् प्रभावित ब्यक्तिहरुको खोजी गरी ¥यापिड डायोग्नोष्टिक टेष्ट र आवश्यक परे पिसिआर टेष्ट पनि गर्ने निर्णय भएको छ । अझैपनि केहि स्थानमा राहत बितरणमा एकद्वार निति अबलम्बन गरेको नपाईएकोले संघीय सरकारको निर्देशन अनुसार कडाईका साथ एकद्वार प्रणालीबाट राहत बितरण गर्नुपर्ने निर्णय पनि गरेको छ ।
प्रदेशमा अलपत्र परेका ब्यक्तिहरुको उचित ब्यबस्थापनका लागि आबश्यकता अनुसार काम गर्ने, जिल्लामा भएका एम्बुलेन्सलाई कमाण्ड पोष्टमार्फत ब्यबस्थापन गरी सञ्चालन गर्ने, एम्बुलेन्स सञ्चालन गर्न अटेर गर्ने संस्था र चालकलाई कार्बाहि गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए । यसैगरी समितिले स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव रहेकोले संघीय सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ । लकडाउनको समयमा बिभिन्न अवान्छित क्रियाकलाप गर्नेलाई कार्बाहि गर्ने र त्यस्ता कृयाकलापलाई निरुत्साहित गर्न स्थानीय तहलाई निर्देशन गर्ने निर्णय भएको मन्त्रि ढुंगेलले बताए।
बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा समेत असर परेकोले यसको समन्वय स्थानिय तहले गर्ने बताए । आवश्यक सुरक्षा अपनाएर निर्वाद रुपमा खेतीपाती गर्न किसानहरुलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने उनको भनाई थियो । उनले पालिकाहरुललाई सावधानी अपनाएर र दुरी व्यवस्थापन गरेर गर्न सकिने कामहरु गराउन आग्रह गरेका छन्। खेतीपातीको मौसम शुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले ‘कतिपय व्यक्तिहरु वर्षभरी शहर पसेर काम गर्ने तर खेतीपाती लगाउने सिजनमा घरमा आउने र बाली थन्क्याएर फेरी शहर पस्नेहरु भएकोले उनीहरुको व्यवस्थापन हुनु आवश्यक रहेको बताए। ’
यसैगरी लकडाउन प्रभावकारी बनाउन सुरक्षा संयन्त्र एबम् स्थानिय तहलाई सक्रिय हुनु पर्ने र अहिलेको सयमयमा सुरक्षाकर्मी, स्वास्थ्य कर्मी र स्थानिय तहले लकडाउनको समयमा ठुलो योगदान गरिरहेको उनले बताए । बैठकमा प्रदेशका मन्त्रीहरु, प्रमुख सचिब, मन्त्रालयका सचिबहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS