काठमाण्डौँ — कृषि तथा पुशपन्छी विकास मन्त्रालअन्तर्गतका ४३ निकायमध्ये ४ निकायको प्रगति चार महिनामा शून्य रहेको पाइएको छ ।
मन्त्रालयको प्रथम चौमासिक प्रगति विवरणमा नेपाल एकीकृत व्यापार रणनीति, बंगुर तथा कुखुरापालन सहकारी कार्यक्रम, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना र कृषि प्रसार कार्यक्रमको प्रगति शून्य छ ।
यी चारबाहेक ९ निकायको प्रगति पनि सन्तोषजनक छैन ।
मन्त्रालयले भने नयाँ संगठन सरचनाअनुसार कार्यालय तथा कर्मचारी व्यवस्थापन गर्न नसक्दा समस्या भएको जनाएको छ । ‘
नयाँ सरचनाअनुसार मर्ज भएका निकायहरूमा सम्पत्ति तथा दायित्व हस्तान्तरण नहुँदा जिम्मेवारीमा अन्योल देखियो,’ प्रगति समीक्षामा भनिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मातहतका कर्मचारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् ।
—कान्तिपुर
FACEBOOK COMMENTS