काठमाडौं, मंसिर २४- कृषि विकास बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै बैंकले नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
FACEBOOK COMMENTS