काठमाडौं – कृषि विकास बैंक लिमिटेडका सेवाहरू विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रूपमा प्रस्तुत भएको छ । प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हाले देखिनै प्रविधिमा जोड दिएका छन् ।
बैंकका सवैजसो सेवाहरूमा सूचना प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहकमैत्री बनाउँदै आएको छ । साथै बैंकिङ कारोवारको दायरा फराकिलो बनाउन विद्युतीय उपकरणको प्रयोग गरी अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको छ।
उक्त प्रणालीको असार ५ गते शुक्रवार बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्त रूपमा उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका उप(महाप्रवन्धकहरू प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, दीर्घ वहादुर अर्याल र धु्रवचन्द्र गौतमलगायत विभागीय प्रमुखहरू एवं बजार तथा शाखा व्यवस्थापन विभागका कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।
अनलाइनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीले अनलाइनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्ने बैंकले जानकारी दियो । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरीकले आफ्नै घर÷कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ।
बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले बताए। सरकारी बैंकहरूमा अनलाइनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक पनि कृषि विकास बैंक नै भएको उनले बताए ।
कृषि विकास बैंक लिमिटेडमा अनलाइन खाता खोल्न तलको लिंकमा क्लिक गरी खोल्न सकिने बैंकले जनाएको छ।
FACEBOOK COMMENTS