काठमाडौं – सुन्दर अभिनयका कारण सबैमाझ चिनिन सफल नायीका हुन्, केकी अधिकारी । यी सुन्दरी नायीका अभिनित कुनै चलचित्र सफल हुन नसकेको अवस्थामा चलचित्र ‘छ माया छपक्कै’ले उनको कलाकारिता यात्रामा नयाँ मोड आएको छ ।
यतिबेला केकीले चलचित्र ‘चालबाज’ साइन गरेकी छिन् । चलचित्रमा केकीको नव–अभिनेता अविनाश प्रधानसंग जोडी बाँधिएको छ । शनिबारबाट औपचारिक रुपमा यो चलचित्रको छायांकन सुरु भएको हो । शुक्रबार कालेबुङको मिरिकमा पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरिएको थियो ।
कैलाश राईको निर्देशनमा बन्ने चलचित्रमा वुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङ लगायतको मुख्य भुमिका रहनेछ । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अरुण तामाङको लगानी रहनेछ । सस्पेन्स लभस्टोरी कथामा निर्माण गर्न लागिएको चलचित्रमा कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत रहनेछ ।
चलचित्रको छायांकन दार्जलिङबाट सुरु भएको छ । ‘चालबाज’लाई सौरभ लामाले खिच्दैछन् ।
FACEBOOK COMMENTS