काठमाण्डौँ — विदेशी विनिमयदरको उचारचढावले आउने जोखिम व्यवस्थापनका लागि केन्द्रीय बैंकले हेजिङ सुविधा ल्याउने भएको छ ।
विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त व्यवस्था ल्याउन लागिएको हो ।
हेजिङ विदेशी मुद्राको विनिमय दरमा आउने उतारचढावबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने महत्त्वपूर्ण विधि हो ।
यो सुविधाअन्तर्गत लगानीकर्ताले विनिमयदरमा अवमूल्यन भए पनि त्यो नोक्सान व्यहोर्नु पर्दैन ।
त्यस्तो नोक्सान राष्ट्र बैंकले नै व्यहोर्छ ।
सुरुमा लगानी ल्याउँदा जति विनिमय दर थियो, तोकिएको समयपछि पनि त्यत्ति दरमा उसले पैसा भुक्तानी पाउँछ ।
– कान्तिपुर
FACEBOOK COMMENTS