काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न प्रधानमन्त्री सुशीला कार्की गुण्डुस्थित ओलीको डेरामा पुगेकी छिन् ।
आज आइतबार प्रधानमन्त्री कार्की आफ्ना श्रीमान्को साथमा गुण्डु पुगेकी हुन् । त्यस अवसरमा उनले केपी ओलीका स्वर्गीय पिता मोहन प्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिन् भने केपी ओलीसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिन् ।
ओलीका बुबा मोहन प्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । यसअघि आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले पनि गुण्डु पुगेर ओलीको परिवारप्रति समवेदना प्रकट गरेका थिए ।

FACEBOOK COMMENTS