काठमाडौं, २२ पुष – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली राजनीतिक क्यान्सर भएको बताएका छन्। राजधानीमा आयोजित राजनीतिक अन्तरक्रिया कार्यक्रममा बोल्दै बाबुरामले यस्तो बताएका हुन्।
केपी ओली भनेका नेकपाको शरीरमा पलाएको राजनीतिक क्यान्सर हुन्’, बाबुरामले भने, ‘त्यो क्यान्सरलाई पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ हामीलाई पनि खाने खतरा छ।’
बाबुरामले प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री ओलीले घोषणा गरेको मध्यावधि निर्वाचन नहुने दाबी गरेका छन् । ‘लेखेर राख्नुहोस् केपी ओलीले चुनाव गराउँदैनन्’, बाबुरामले भने ।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्ष गर्नुपर्ने तर त्यसका लागि सत्तारुढ नेकपासँग सहकार्य गर्न समस्या हुने औंल्याए । उनले संयुक्त सघर्ष नगरेसम्म जनताले आन्दोलनमा साथ नदिने भएकाले त्यसको खाँचो भने रहेको बताए ।
उनले अहिले नै नेकपाको प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्दा फेरि उनीहरुले केपी ओलीलाई बोकेर सँगसँगै जाने डर भएको बताए । बाबुरामले पहिला संविधानको रक्षाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS