काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार र केबल टेलिभिजनको तारलाई भूमिगत बिछयाउन मापदण्ड तयार गर्दै छ । भूमिगत तारको गुणस्तर कस्तो हुने, कति गहिराइमा बिछयाउने, राइट अफ वे कस्तो हुने, त्यससँग आवश्यक निर्देशिकाजस्ता मापदण्ड अन्तर्राष्ट्रिय अभ्यासको आधारमा तयार पार्न लागिएको हो ।
यसका लागि छनोटमा परेका चार अन्तर्राष्ट्रिय कम्पनीसँग आर्थिक तथा प्राविधिक प्रतिवेदन माग गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
यसका लागि प्राधिकरणले गत माघ अन्तिम साता बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी कम्पनीमध्येबाट चार कम्पनी अन्तिम प्रतिस्पर्धाका लागि छनोटभएका छन् ।
ती कम्पनीलाई आर्थिक तथा प्राविधिक प्रस्ताव पठाउन यसै साता पत्राचार गरिएको प्रवक्ता अर्यालले बताए । छनोट भएको कम्पनीले तार भूमिगत बनाउनका लागि आवश्यक पर्ने प्राविधिक मापदण्ड तयार पार्नेछ । छनोटमा परेका मलेसियाको फाइबर टेल, भारतको प्राइस वाटर हाउस कपर्स प्रालि, भारतकै पेपीएमजी र दुबईको सालियन्स कन्सटिङसँग प्रस्ताव माग गरिएको छ । -कान्तिपुर
FACEBOOK COMMENTS