काठमाडौं– केरुङ–काठमाडौं रेलमार्गबारे चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन डिसेम्बर दोस्रो साता चिनियाँ टोली नेपाल आउने भएको छ ।
केरुङ–काठमाडौं रेलमार्ग को प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ ।
प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा पनि यसबारे दुई देशबीच औपचारिक सम्वाद भएको छैन ।
प्रारम्भिक रिपोर्टअनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । साथै निर्माण सम्पन्न गर्न ९ वर्ष समय लाग्ने अनुमान छ ।
केरुङ–काठमाडौं रेलमार्गको कुल लम्बई करिब ७२.२५ किलोमिटर हुने देखिएको छ ।
चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटको रिपोर्टअनुसार रेलमार्गमा ७ वटा सुरुङमार्ग हुनेछ ।
केरुङ–काठमाडौं रेलमार्गमा लगानी कसले, कसरी, कुन मोडालिटीमा गर्ने भन्ने तय हुन बाँकी छ ।
FACEBOOK COMMENTS