काठमाडौं, ०७ श्रावण – पूर्व राजापाको ट्रेड युनियन मधेशी ट्रेड्युनियनको अध्यक्षमा केशव अधिकारी चयन भएका छन । डिल्लि बजारमा आज बसेको भेलाले अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्ष पल्टन ठाकुरको विशेष अध्यक्षता सम्पन्न समाजबादी ट्रेड्युनियनका अध्यक्ष प्रमुख अतिथी र महासचिव केशव अधिकारीले सभापतित्व गरेका थिए ।
कार्यक्रममा ट्रेड्युनियन आन्दोलन र समग्र नेपाली मजदुरको समस्या समाधानका उपायहरु बारे चर्चा गरिएको थियो ।सो अवसरमा अध्यक्ष दाहालले एउटा बिनोद चौधरी मालिक र अर्का बिनोदे चौधरी मजदुर कसरी हुन सक्छ भन्ने प्रश्न राख्दै राज्यको नीति मजदुर मैत्री नरहेको विचार व्यक्त गरे ।
त्यसै गरि केशव अधिकारीले कोभिड १९ को कारण देखाउदै कैयौं मजदुरको मजदुरी खोसिएको र होटल क्यासिनो र रेस्टुराँ मालिकहरु आफै धामी आफैं बोक्सी भएको प्रष्ट छ भन्दै ठुला भनौदा दलका ट्रेडयुनियनहरुले यस विषयमा मालिकहरुसँग पैसा खायर उल्टै सौदा बाजी गरेको बताए ।
अमृत भोग पार्टी प्यालेसमा भएको कार्यक्रमले होटेल क्यासिनो तथा रेस्टुराँमा भैरहेको बेथिति बिसङतीलाई केही हद सम्म भए पनि हल गर्न सहयोग गर्नेछ भन्ने बिश्वास गर्दै सम्पन्न भएको अधिकारीले जनाए ।
FACEBOOK COMMENTS