काठमाडौं,पुस ३- केएल दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा ल्याएको छ ।
दुगड समूहअन्तर्गतको विकास फ्लोर मिलबाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी वैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ ।
ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजा उपभोक्तामाझ छोटो समयमै खाजाको रुपमा पहिलो रोजाईमा पर्नेमा कम्पनी विश्वस्त रहेको छ ।
उत्कृष्ट खाद्यपदार्थ उत्पादन गरेवापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा मिल उत्कृष्ट उद्योगको रुपमा सम्मानित भइसकेको छ ।
ज्ञान भुजा नेपाल अधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीय किराना पसलहरुमा समेत सहजै उपलब्ध रहेको छ ।
विकास फ्लोर मिलले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपाल तथा विदेशमा समेत उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS