काठमाडौं, बैशाख ७ – कोभिड -१९ संक्रमित भएर सेती अञ्चल अस्पतालमा उपचाररत कैलाली लम्कीका २१ वर्षीय युवक स्वस्थ भएर आजै डिस्चार्ज हुने भएका छन् । १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको आइतबार डिस्चार्ज हुँदैछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनी डिस्चार्ज हुन लागेको जानकारी दिएको छ ।
उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार घर पठाउने तयारी गरिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ।
उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएका बिरामीहरुको संख्या ४ पुगेको छ । यसअघि, काठमाडौँबाट २ जना तथा बाग्लुङबाट एक जना निको भएर घर फर्किसकेका छन् ।
FACEBOOK COMMENTS