काठमाडौं, साउन २४। कोका–कोलाले नयाँ प्रविधिसहितको जिग्री प्याक सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कोका–कोलाले २५० एमएल हलुका प्याक सार्वजनिक गरेको हो । यो प्याक उपभोक्तामैत्री भएको बोटलर्स नेपाल तराई लिमिटेडले दावी गरेको छ ।
यसअघि शिशाका बोतलमा मात्रै २ सय ५० एमएलको कोका–कोला, स्प्राईट र फान्टा बजारमा पाइन्थ्यो। २ सय ५० एमएलको जिग्री प्याक कोका-कोला, स्प्राईट र फ्यान्टा ४० रुपैयाँ पर्ने र आइतबारदेखि उपत्यका लगायत देशैभरी विक्रि हुने कम्पनीले जानकारी दिएको छ।उपभोक्ताले आफुलाई मन पर्ने कोका-कोला, स्प्राइट र फान्टाको जिग्री प्याक गोजीमा राखेर मिल्ने र सुलभ मूल्यमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। स्टटे अफ आर्ट प्रविधिमा लगानी गरेपछि यस किसिमको बोतल सार्वजनिक गर्ने नेपाल तेस्रो देश बनेको जनाएको छ ।
यो अल्ट्रा लाइट बोतल हो भने पीईटी बोतल जस्तै रिसाइकल पनि गर्न मिल्ने खालको रहेको कम्पनीले जनाएको छ । यसको विस्थारीत आयु भने ६ महिनाको रहेको छ ।
FACEBOOK COMMENTS