काठमाडौं, साउन २६ – काठमाडौं महानगरपालिका–३२ कोटेश्वरका १७ जनामा कोरानो संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमित बढेपछि कोटेश्वरको असर्फी टोल सिल गरिएको हो ।
१८ साउनमा ४ जना किराना पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।
जसमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ भने तीन जनालाई घरमै आइसोलेसनमा राखिएको छ ।
कोरोना संक्रमण पुष्टि भएका सो क्षेत्रमा किराना पसलमा सामान किन्न जानेहरू हुन् ।
FACEBOOK COMMENTS