काठमाण्डौं — कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ ।
सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए ।
दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरेको हो ।
यो सडक खण्डमा चिनियाँ सरकारले जिम्मा लिएको काम सकिँदा नेपाल सरकारले जिम्मेवारी लिएको काम कतै अघि बढेको छ, भने कतै अघि बढ्न सकेको छैन ।
आठ लेन सडक भन्दा बाहिर दुबैतर्फ एक एक लेनको सर्भिस ट्र्याक ९सेवा सडक० निर्माण नेपाल सरकारले जिम्मेवारी लिएको हो ।
गतवर्ष नै सक्ने गरेर नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो ।
विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा समयमा काम नसकेको जनाएको छ ।
त्यसपछि सरकारले एक वर्ष अवधि थप गरेको थियो ।
थप भएको अवधि ९आगामी डिसेम्बर० भित्रै सरकारलाई हस्तान्तरण गरिने योजना छ ।
— कारोबार
FACEBOOK COMMENTS