काठमाडौं, भदौ ४ – काठमाडौंको कोटेश्वर–जडबुटी सडक खण्डमा ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । कोटेश्वरबाट भक्तपुतर्फ जाँदै गरेको ना.६ ख २९१७ नम्बरको १२ चक्के ट्रकको ठक्करबाट सिन्धुपाल्चोक घर भएका धन बहादुर कार्की घाईते भएका हुन् ।
घाइते कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
ट्रक चालक सर्लाही हरपुर घर भएका २५ वर्षीय रेख बहादुर पोखरेललाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । घाइते सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–७ का स्थायी बासिन्दा भएको खुलेको छ ।
FACEBOOK COMMENTS