काठमाडौं, मंसिर १९ – कोठामा हिटर बालेर सुतेको अवस्थामा सुत्केरी आमा र १ महिनाको छोरीसहित २ जनाको ज्यान गरेको छ ।
बुधवार राति गोकणेश्वर नगरपालिका–२ नयाँपाटीमा हिटर बालेर सुतेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी एक महिनाकी छोरी र २७ वर्षीया आमा पेम्बी सेर्पाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
उनीहरुसँगै सुतेका ३२ वर्षीय दोर्जे शेर्पा अचेत अवस्थामा भेटिएका थिए । हाल उनको उपचार नेपाल मेडिकल कलेजमा उपचार भइराखेको प्रहरीले जनाएको छ ।
उनीहरुले राति सुत्नेबेलामा कोठाको सबै झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेका थिए ।
FACEBOOK COMMENTS