काठमाडौं,मंसिर १८ – कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । “कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ,” उनले बताए ।
उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो नीति नै रहने जानकारी दिए।
उनले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको उल्लेख गरे ।
FACEBOOK COMMENTS