काठमाडौं,चैत १८- ईजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले कोरोना भाइरस ९कोभिड १९० को संक्रमणलाई नियन्त्रण गर्न हाल इजरायलले प्रयोगमा ल्याइरहेको सफ्टवेयर एप्लिकेसन ‘सेफ प्लेस ‘ लाई नेपालमा प्रयोगमा ल्याउन सकिनेरनसकिने सम्बन्धमा छलफल तथा मध्यस्थता गरेकी छिन ।
राजदुत शाक्यले केएलपी ममन नामक ईजरायली कम्पनीका प्रतिनिधिहरु र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरुबीच भिडियो कन्फरेन्सको लागि मध्यस्थता गरेकी हुन । नेपाली राजदूतावासको संयोजनमा भएको कन्फरेन्समा केएलपी कम्पनीका प्रतिनिधिले उक्त एप्लिकेसन कोरोना संक्रमणलाई नियन्त्रण गर्न कसरी सहयोगी हुन्छ भन्ने बारे प्रस्तुती दिएका थिए भने नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह नेतृत्वको टोलीले यो एप्लिकेसन नेपाललाई उपयुक्त हुनेरनहुने बारेमा जानकारी लिएका थिए ।
सो टोलीमा वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाल, गुणस्तर मापन तथा नियमन महाशाखाबाट वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजय क्रान्ति समेत सहभागी थिए । एप्लिकेसनले कोरोना संक्रमित ब्यक्ति बिगत १४ दिनमा गएका ठाउँहरुको ट्र्याक गरी सम्भावित सम्पर्कमा आएका ब्यक्तिहरुलाई जानकारी गराई होम क्वारेन्टाईनमा बस्न वा चिकित्सकसँग सम्पर्क गर्न सल्लाह दिने उक्त कम्पनीका प्रतिनिधिले जानकारी गराएको दुतावासले जनाएको छ ।
यो एप्लिकेसन निकै उपयोगी भएकाले भारतको एउटा प्रदेशमा प्रयोगमा आइसकेको र इटाली, क्यानडा, दुबई तथा मेक्सिको लगायतका अन्य देशहरुमा प्रयोगमा आउने क्रममा रहेको कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS