काठमाडौँ – लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडको १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
कम्पनीले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलेका अनुसार कम्पनीले पाँच वर्ष वार्षिक २० हजार युनिट गाडी उत्पादन गर्नेछ।
कम्पनीले वार्षिक पचास हजार युनिट गाडी उत्पादन गर्ने क्षमताको एसेम्बल्ड प्लान्ट लगाउने अधिकारीले जानकारी दिए।‘पहिलो पाँच वर्ष वार्षिक २० हजार थान कार, जीप उत्पादन गर्ने योजना बोर्डमा पेश गरेको छ ।
अधिकारीका अनुसार बुटवलको मोतीपूर औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्नेछ।
FACEBOOK COMMENTS