काठमाण्डौँ — दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले नेपालमै ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले नेपालमा एसेम्बलिङ उद्योग स्थापना गर्न उक्त कम्पनीलाई अनुमति दिएको छ ।
यो कम्पनीलाई बोर्ड बैठकले १० अर्ब ५४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरी नेपालमा एसेम्बलिङ प्लान्ट स्थापना गर्न अनुमति दिएको हो ।
अबको १८ महिनामा उद्योग स्थापना गरिसक्ने उसको योजना रहेको बोर्डका एक अधिकारीले बताए ।
उद्योग स्थापनाको सुरुको वर्षमा २ हजार र पछि २० हजारवटा ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS