काठमाडौं, असोज २७ – शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ । राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि आएका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण देखिएको हो ।
कोरिया प्रवेश गर्नुअघि इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसैका आधारमा सँगै आएका अन्यको पनि परीक्षण गर्दा संक्रमण देखिएको हो ।
FACEBOOK COMMENTS