काठमाडौं, पौष १९ – कोरोना संक्रमणबाट विमा विज्ञ अनिल ढुंगेलेको निधन भएको छ । लामो समय बीमा क्षेत्रमा बिताएका चार्टर्ड एकाउन्टेन्ट ढुंगेलको गए राति साढे ११ बजे उपचारका क्रममा स्टार अस्पतालमा निधन भएको हो।
एभरेष्ट जनरल इन्स्योरेन्स लामो समय काम गरेका उनी अवकाश भएपछि अध्ययन / अध्यापनमा संलग्न थिए ।
अचानक ज्वरो आएसँगै अक्सिजनको मात्रा कम देखिएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो। उच्च रक्तचापको औषधि खाँदै आएका उनमा मधुमेहसमेत थियो।
अघिल्लो आइतबार अस्पताल भर्ना गरिएपछि उनको स्वास्थमा सुधार हुँदै गएको थियो। तर गत शुक्रबार अचानक उनलाई हृदयघात भएको थियो। त्यसबाट उनी फेरि ‘रिभाइव’ भएका थिए। तर फेरि एट्याक भएपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
FACEBOOK COMMENTS