काठमाडौं,फागुन २० – नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्नसक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी सहुलियत प्रदान गर्ने भएको छ ।
सोमबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने जनाएको छ ।
राष्ट्र बैंकको यस्तो नीतिबाट पर्यटन उद्योग ,होटल व्यवसाय तथा अन्य औद्योगिक र व्यावसायिक क्षेत्र प्रत्यक्ष लाभान्वित हुनेछन् ।
साथै राष्ट्र बैंकले कर्जा लिँदा कर चुक्ताको प्रमाण पत्र बुझाउनु पर्ने अनिवार्य नियमलाई संशोधन गर्दै २ करोड रुपैयाँसम्मको ऋण लिँदा कर दाखिला गरेको कागजपत्र बुझाए मात्रै पुग्ने व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS