काठमाडौं, बैशाख ४- नागरिक लगानी कोषको आज बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेवाग्राहीको कोभिड–१९ का कारण मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने पनि बताएको छ ।
गत चैतदेखि २०७७ असारसम्मको व्याज असार मसान्तभित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय भएको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।
FACEBOOK COMMENTS