काठमाडौं,चैत ४- २१ वर्षीय स्पेनीश फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउने सबैभन्दा कम उमेरकाव्यक्तिमध्ये उनी एक हुन् ।
उनलाई गत हप्ता कोभिड–१९ को संक्रमण देखिएपछि उपचारका लागि मालागाको क्षेत्रीय अस्पताल पर्याइएको थियो ।क्यान्सर पीडित गार्सियाको अस्पतालमा ज्यान गएको क्लबले जानकारी दिएको छ ।
ग्रासियाले मालागामा अवस्थित एट्लेटिको पोर्टाडा अल्टाको युथ टिमको म्यानेजरको रुपमा सन् २०१६ देखि काम गर्दै आएका थिए ।
क्लबले शोक प्रकट गर्दै भनेको छ,‘गार्सियाको निधनले हामी दुःखी छौँ, उनको परिवारमा हाम्रो समवेदना छ । हामी तिमीलाई कहिल्यै भुल्न सक्दैनौँ ।’
FACEBOOK COMMENTS