काठमाडौं । स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गरेका छन् । उनले अब आउन सक्ने तेस्रो वेवको गम्भीरता पुर्वक पुर्वतयारीमा रहन निर्देशन दिएको छन् ।
मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा. जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।
अस्पतालले हाल अस्पतालले सय वेडको आइसियु सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसियु सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्माले आज (आइतबार) अस्पताल भवन अद्घाटन गर्ने कार्यक्रम रहेको छ । मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गरे ।
उनले भने ‘अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पुरा गर्नुस । कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पुर्ण रुपमा सञ्चालन गर्नुस’ उहाँले भन्नुभयो ‘ सरकारले देखिनेगरी सबै पुर्वाधार तयारी गरिसकेको छ ।’ अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्न निर्देशन दिए ।
स्वाथ्य सचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई सबै सहयोग गर्ने जानकारी गराए । उनले तेस्रो वेवलाई मध्यनगर गरी सबै तयारी थालेको बताए ।
कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए ।
मन्त्री श्रेष्ठले अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पुर्ण क्षमतामा अस्पताल गर्न निर्देशन दिए । यो अस्पताल सबै नेपालीको हो, यस्को बिस्तार र विकासको लागि सरकारले सबै सहयोग गर्नेछ । मन्त्री श्रेष्ठले हस्पतालको आइसियु वार्ड, अक्सिजन प्लान्ट लगायत सबै संरचना अवलोकन गरे ।
फरक प्रशंगमा मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिए । उच्च प्राथमिकतामा रहेका विदेश जाने तयारी गरिरहेका श्रमिक, शिक्षक, सबै मन्त्रालयका कर्मचारी, यातायात मदजुर, फ्रन्टलाईनमा खटिने लगायतलाई उच्च प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने बताए ।
FACEBOOK COMMENTS