काठमाडौं, वैशाख २५ । कोरोनाको दोस्रो लहरविरुद्ध लड्नलाई नेपालमा कुल ४९३ वटा अस्पताल रहेको सरकारले बताएको छ । प्रधानमन्त्री कार्यालयलाई गृहमन्त्रालयले बुझाएको तथ्यांकअनुसार ४९३ वटा अस्पताललाई तयारी अवस्थामा रहेका छन् ।
ती अस्पतालका कुल २० हजार ३६१ वटा शैय्या (बेड) कोरोनाका विरामीलाई छट्टयाइएको गृहले बताएको छ । यसैगरी, नेपालमा कुल एक हजार ८१७ वटा आईसीयू छन् ।
जसमध्ये हाल एक हजार १०५ वटा मात्रै प्रयोगमा आएका छन् । कुल ७३६ भेन्टिलेटरमध्य २९३ वटा प्रयोगमा रहेको बताइएको छ । यसैगरी, निजी क्षेत्रले सञ्चालन गरेको २६ प्लान्ट र २ हजार ८६५ एचडीयू पनि तयारी अवस्थामा रहेको गृहले बताएको छ ।
FACEBOOK COMMENTS