काठमाडौं, कार्तिक २७ – कोरोना महामारीसँग अहिले सारा विश्व लडिरहेको छ । अहिलेसम्म लाखौँ मानिसहरुको मृत्यु भईसकेको छ भने करोडौं मानिसहरु यसबाट संक्रमित बनेका छन् । यसको रोकथामको लागि विश्वभरका वैज्ञानिकहरु यसविद्धको भ्याक्सिन बनाउन लागि परेका छन् ।
यसैबीच अमेरिकाको फाइजर कम्पनीले आफूले बनाएको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको दाबी गरेको छ । साथै अमेरिकामा यो भ्याक्सिन डिसेम्बरसम्म आईसक्ने पनि बताइएका छ ।
अमेरिकी नागरिकहरुलाई डिसेम्बरसम्ममा कोरोनाको टिका बाँड्न सकिने बताइएको छ ।
स्वास्थ्य सचिव एलेक्स अजारले फाइजर इंक कोरोना भ्याक्सिनको परीक्षणबाट मिलेको सकारात्मक नतिजालाई अब नागरिकमा बाँड्ने बेला आएको बताएका छन् ।
FACEBOOK COMMENTS