काठमाण्डौ, भदौ १५ – कोरोनाबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको निधन भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले फरकधारलाई जानकारी दिए । उनले भने, ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्नुहुन्थ्यो ।’
महोत्तरीकै निजी स्वास्थ्य संस्थामा काम गरिरहेका उनी भदौ ७ गते बिरामी भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
मृत्यु भएपछि ललितपुरस्थित बयोधा हस्पिटलमा ल्याई स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
यसैबीच चितवनमा कम्युनिस्ट पार्टीका संस्थापन नेता शोभाखर चापागाईंको पनि कोरोनाकै कारण निधन भएको छ । भरतपुर महानगर ६ का चापागाईंलाई भदौ ७ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
FACEBOOK COMMENTS