काठमाडौं, वैशाख १७ । कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घन्टामा विश्वमा १४ हजार ६ सय जनाको मृत्यू भएको छ । कोरोना भाइरसको संक्रमण सम्बन्धि तथ्यांक राख्ने वल्डोमिटरका अनुसार उक्त संख्याको मृत्यू भएको हो ।
जसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार ५०१ र ब्राजिलमा ३ हजार ७४ जनाको मृत्यू भएको छ । यसपछि अमेरिकामा पछिल्लो २४ घन्टामा ८४९ र अर्जेन्टिनामा ५६१ जनाको मृत्यू भएको बताइएको छ ।
हालसम्म विश्वमा १५ करोड ११ लाख १७ हजार मानिस कोरोना भाइरसको महामारीबाट संक्रमित बनिसकेका छन् । जसबाट ३१ लाख ७९ हजार जनाको मृत्यू भएको तथ्यांक छ ।
यसैगरी, कुल संक्रमितमध्यबाट १२ करोड ८५ लाख १० हजार जना पूर्ण निको भइसकेको वल्डोमिटले जानकारी दिएको छ । अहिलेसम्म विश्वमा सबैभन्दा बढी अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित बनेका छन् ।
यसपछि भारतमा १ करोड ८७ लाख जना संक्रमित बनेका छन् ।
FACEBOOK COMMENTS