काठमाडौं, असोज ३० – कोरोना भाइरस (कोभिड १९) को विषयमा केही अनुसन्धान बाहिरिएको छ । जाडोको मौसममा कोरोना भाइरसको अवस्थाको विषयमा विभिन्न अध्ययन अनुसन्धान भइसकेका छन् । यसै सन्दर्भमा फेरि नयाँ अनुसन्धान गरिएको छ ।
अनुसन्धानका अनुसार वैज्ञानिकहरुले जाडोमा फेरि एकपटक कोरोना भाइरस तीव्र गतिमा फैलने चेतावनी दिएका छन् । रिसर्चका अनुसार गर्मीमा एरोसोलका स–साना कणका कारण कोरोना फैलिरहेको थियो भने जाडोमा रेस्पिरेटरी ड्रोप्लेट्स को सीधा सम्पर्कमा आएर पुनः एकपटक कोरोना भाइरसको महामारी हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
यो अनुसन्धान न्यानो लेटर्स जर्नलमा प्रकाशित भएको हो । अध्ययनमा भनिएको छ, जाडोमा ‘फिजिकल डिस्ट्यान्सिङ’ ले मात्रै कोरोना रोेकथाम हुन सक्दैन ।’ अध्ययनका लेखक यानिइंग झूले भनेका छन्, ‘हामीले थुप्रै केसहरुमा रेस्पिरेटरी ड्रोप्लेट्स सीडीसीद्वारा बताइएको ६ फिटभन्दा बढी दुरी तय गर्दछ ।’
अनुसन्धानकर्ताका अनुसार यस्तो ठाउँमा तापमान धेरै कम र ह्युमिडिटी धेरै हुन्छ । जस्तो कि मासुलाई सधैँ ताजा राख्ने ठाउँ यस्तो ठाउँमा ड्रोपलेट्स जमिनमा झर्नुभन्दा पहिले ६ फिट भन्दा बढी दूरी कायम गर्न सक्छ ।
जाडो वा चिसो मौसममा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने आदि गर्नुपर्छ ।
FACEBOOK COMMENTS