काठमाडौं, २९ मंसिर – विश्वव्यापी कोरोना भाइरसका विरुद्ध हालसम्म कुनै पनि खोप तथा औषधिहरु प्रभावकारी रुपमा प्रयोगमा आउन सकेको छैन ।
केही दिनयता प्रयोगमा आएका भनिएका खोप नेपालमा आउने कुरा धेरै पछिको हो । तर, खोप वा कुनै पनि औषधिविनै नेपालका ९४ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
नेपालको जम्मा संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८४२ छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या २ लाख ३६ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ।
FACEBOOK COMMENTS